यस्तो छ नवलपरासीमा भिडिआरसीले स्थापना गरेको पुस्तकालयको अवस्था

Posted on: 25 Oct, 2016

मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवाँ वडा नम्बर ४ सुनरीमा स्थापना भएको पुस्तकालय अहिले लवारिस अवस्थामा पुगेको छ । 

विजय बिकास स्रोत केन्द्र गैंडाकोटले सिमावर्ति रमपुरँवा गाविस वडा नम्बर ४ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालयको सामुदायिक पुस्तकालय भने अहिले कक्षा कोठामा परिणत हुदा पुस्तकालय लवारिस अवस्थामा पुगेको हो । 

विजय विकास श्रोत केन्द्र भिडिआरसी गैडाकोटले स्थापना गरि तिन वर्ष पछि विद्यालयलाइ हस्तान्तरण गरेको सो पुस्तकालयमा अहिले पुस्तकहरु पनि घट्दै गएको छ भने सो कोठा पनि कक्षा कोठाको रुपमा परिणत भएको छ । वि सं २०६९ सालमा सो विद्यालयले हस्तान्तरण भएको थियो । तर सामुदायिक पुस्तकालय भनिएपनि सो पुस्तकालयमा विद्यालय बाहेक बाहिरका मानिसहरु जादैँनन । 


कक्षा कोठामा परिणत भएको सो पुस्तकालयको पुस्तक र फर्निचर लगायतका समाग्रिहरु दिनप्रति दिन हराउदै गएका छन् । स्थापना भएको समयमा पुस्तकालय केही दिनसम्म राम्रै प्रयोग भएपनि अहिले विद्यालयमा कक्षाकोठाको अभाव भएकोले पुस्तकालयको कोठालाई कक्षा कोठामा परिणत गरिएको विद्यालयका पुस्तकालय शिक्षक रमेश मौर्यले बताउनु भयो । कक्षा कोठा सन्चालन गरिएकाले पुस्तकालय पनि अव्यवस्थीत देखिएको छ । विद्यालयका शिक्षक र ब्यवस्थापन समितिकै ध्यान नपुग्दा पुस्तकाय प्रभावकारी हुन नसकेको शिक्षक मोयको भनाई छ । तर सो विद्यालयका प्रधानाध्यापक महातम विश्वकर्माले भने त्यसबारेमा केही प्रतिक्रिया दिन नचाहेको बताउदै पन्छीनु भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!