नेप्सेमा दोहोरो अंकको गिरावट

Posted on: 16 Apr, 2024

बैशाख ४, काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९  हजार ४७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रो समूह १.३१, माइक्रोफाइनान्स १.१६ र अन्य समुह १.०७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा आज गोर्खा फाइनान्सको सबै भन्दा बढी कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको १७ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!