आज तोलामा दुई हजार चार सय रूपैयाँले घट्यो सुनको मूल्य !

Posted on: 05 Dec, 2023

मङ्सिर १९, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज दुई हजार चार सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ भने सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!