सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो तोलाको ?

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च भएको हो।

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेर एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ, भने हिजो एक लाख १६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!