शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलाको कति?

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ |  साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ भने, चाँदीको बढेको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुर्इ सयले घटेर एक लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन बिहीबार मात्रै तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख १५ हजार ७५० रुपैयाँमा झरेको छ ।

यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!