हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । भने बुधबार ३०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । बुधबार तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार  १० रुपैयाँले घटेर ताेलाकाे १४ सय ४५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!