आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज ५०० सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!