बढ्यो सुनको भाउ !

Posted on: 20 Nov, 2023

मङ्सिर ४, काठमाडौँ | साताको दोस्रो दिन आज सुनको भाउ बढेको छ ।

छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको छ । आइतबार एक लाख १५ हजार ५ सय रूपैयाँ थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ४५० रूपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!