सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार?

Posted on: 06 Nov, 2023

कार्तिक २०, काठमाडौँ | सोमबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थीर छ ।

सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १४ हजार ८५० रुपैयाँमा झरेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ थियो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आइबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!