आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!