आजपनि घट्यो सुनको मूल्य

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज बजारमा छापावाल सुन तोलामा ५ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको छ । यसदिन तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!