आज बुधबार १३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | बुधबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ ।

साताको चौथो दिन बजारमा छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन बजारमा चाँदी तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!