भदौसम्ममा रेमिट्यान्स २२.१ प्रतिशतले बढ्दा श्रम स्वीकृति लिनेको संख्या १८.३ प्रतिशतले घट्यो

Posted on: 17 Oct, 2023

असोज ३०, काठमाडौँ | चालू आर्थिक वर्षको भदौ सम्ममा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २२.१ प्रतिशतले वृद्धि भएको छ भने, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या १८.३ प्रतिशतले घटेको छ ।

मङ्गलवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेर २२८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भदौमा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

भदौमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!