पहिलो पटक घर बनाउँदा २ करोडसम्म ऋण पाइने, ब्याज नबढ्ने

Posted on: 19 Sep, 2023

असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्दा २ करोडसम्म ऋण दिने भएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै २ करोडसम्म लोन पाइने सूचना निकालेको हो ।

आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोडसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको छ ।

तीन हजार वर्ग फिटसम्मको घर निर्माण/खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको आधारमा ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्ने छ ।

यस्तो ऋणको ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!