आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

सुनको मूल्य हिजो तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!