तोलामा ५०० ले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा वृद्धि भएको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!