दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक, १ अर्ब ५१ करोड रुपैयाँको कारोबार

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौँ | आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ । 

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । ४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!