आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य १०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेरको छ । आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!