आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Posted on: 22 Aug, 2023

भदौ ५, काठमाडौँ | आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सेयर बजार आज १७.६९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको छ । नेप्से आइतबार २१  र सोमबार १२.९३ अंकले घटेको थियो। आज २७७ कम्पनीको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा खरिदबिक्री भयो।

आज कुथेली बुखारी स्माइल हाइडोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड ५९ लाख १९ हजार ६०६ रुपैयाँको सेयर कारोबार भयो।

युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!