मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 22 Aug, 2023

भदौ ५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य २०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेरको छ । आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!