नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर, यस्तो छ कारोबार !

Posted on: 21 Aug, 2023

भदौ ४, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । 

हिजो यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!