साउदी अरबका लागि नेपाल वायुसेवाको सिधा उडानको टिकट बुकिङ खुला, भाडा कति ?

Posted on: 19 Aug, 2023

भदौ २, काठमाडौँ | नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरबको दमाममा नियमित सिधा उडानको मिति तय गरेको छ । सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमले जानकरी दिए । निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाएको हो ।

उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान हुने भएको छ ।  काठमाडौं-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ भने  दमाम-काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ ।  बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!