आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Posted on: 18 Aug, 2023

भदौ १, काठमाडौँ | आज नेपाली बजारमा चाँदीको मूल्य २० रुपैयाँले बढ्दा सुनको मूल्यमा स्थिरता कायम भएको छ । हिजो १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मुल्यमा कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि हिजोकै मूल्य कायम हुँदै प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तर, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!