थाहा पाउनुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै, शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!