आन्तरिक उडानलाई प्रभावकारी बनाउन बुद्ध एयरले थप्यो १६ औँ नयाँ एटीआर विमान

Posted on: 12 Aug, 2023

साउन २७,  काठमाडौँ | निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले आन्तरिक उडानलाई प्रभावकारी बनाउन नयाँ विमान थपेको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।

कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जानकारी दिएको छ । 

फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!