आज साताको अन्तिम कारोबार दिन पनि घट्यो सुनको मूल्य !

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ३ सयले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको छ ।

त्यस्तै अघिल्लो दिन बिहिवार प्रतितोला १ लाख १० हजार ७५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ हजार ३७५ रूपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!