घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद-बिक्री ?

Posted on: 28 Jul, 2023

साउन १२, काठमाडौँ | साताको अन्तिम कारोबारका दिन (शुक्रबार) बजारमा सुनको मूल्य घटेको छ।

अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको मूल्य आज ९ सय रुपैयाँले घटेर एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कायम भएको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!