माथिल्लो तामाकोसी जलविद्युतले १:१ का दरले हकप्रद शेयर निष्कासन गर्दै

Posted on: 27 Jul, 2023

साउन ११, काठमाडौँ | माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १:१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।

आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थित कम्पनीले साउन २५ गते बुक क्लोज गर्ने जनाएको छ ।

भदौ महिनाको पहिलो साता साधारण सभा सम्पन्न गरी त्यसपछि शेयर निष्कासन प्रक्रिया सुरु गर्ने आयोजनाका कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!