सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, नेप्से परिसूचकमा ६३.२४ अंकको वृद्धि

Posted on: 23 Jul, 2023

साउन ७, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । यो २.९२ प्रतिशतको वृद्धि हो ।

साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा रू ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ बराबरको कारोबार भएको छ ।

आज (आइतबार)को कारोबारमा किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच लाख ७० हजार सात सय ५१ कित्ता शेयर किनबेच भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!