सुनको मूल्य ६०० रुपैयाँले बढ्यो र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।  

यस्तै, आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।  चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असार २९ गते चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!