आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदै छ कारोबार ?

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ छ । आइतबार जुन मुल्यमा किनबेच भएको थियो सोही मूल्यमा आज पनि किनबेच भएको महासंघले जनाएको छ । 

त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!