वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक हवाई भाडा बढाउने

Posted on: 16 Jul, 2023

असार ३१, काठमाडौँ | नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको हवाई भाडा बढाउने भएको छ । 

नयाँ आर्थिक वर्षको बजेटमा हवाई यातायात सेवालाई पनि अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्नुपर्ने व्यवस्था गरिएसँगै संघले हवाई भाडा बढाउने निर्णय गरेको हो । संघले विज्ञप्ति जारी गर्दै हवाई भाडादरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाल सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरुले साउन १ गतेदेखि लागू हुने गरी हवाई भाडादरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने जानकारी गराइन्छ,’ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!