सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 16 Jul, 2023

असार ३१, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तीन सय रुपैयाँले  घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

आज चाँदी मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!