रेसुङ्गा नगरको बजेट ७१ करोड बढी

Posted on: 26 Jun, 2023

असार ११, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७१ करोड बढीको बजेट ल्याएको छ ।

नगरपालिकाको १३ औं नगर सभामम उपप्रमुख अमृतादेवि कुँवरल ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।

बजेटमा  चालुतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० र पुँजीगततर्फ १७ करोड २० लाख १२ हजार रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!