नवलपरासीमै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३

Posted on: 29 Sep, 2016

असोज १३, नवलपरासी । यस जिल्लामै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३ सञ्चालन गरिएको छ । 

बेस्ट मिडियाको आयोजनामा आज शुरु भएको मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस क्षेत्रका विद्यार्थीका लागि शैक्षिक परामर्श दिन मेला आयोजना गरिएको आयोजक संस्था बेस्ट मिडियाका अध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो । 

मेलामा स्वदेश तथा विदेशका शैक्षिक सङ्घसंस्थाका परामर्शदाताको सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न शिक्षासम्बन्धी २५ स्टल राखिएको छ । 

कुन विषय अध्ययन गर्ने, कुन विषयका शैक्षिक संस्था कहाँ छ, विषय छनोट कसरी गर्ने, के–कस्ता शैक्षिक साम्रगीको प्रयोग गर्नेजस्ता विषयमा विद्यार्थी तथा अभिभावकलाई परामर्श दिइने छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!