बागमती प्रदेशले छुट्यायो स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुदान बापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए  । 

प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!