शुक्रबार फेरी बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ खरिद-बिक्री?

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

यसअघि प्रतितोला बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो ।

बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!