असारमा व्याजदर यथावत् राख्ने बैंकर्स संघको निर्णय

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाडौँ | बाणिज्य बैंकहरूले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेका छन् ।

आज बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राखेको छ । यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ । बैकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले असारमा निक्षेपको व्याजदर तलमाथि नगर्ने निर्णय गरेको नेपाल प्रेसलाई जानकारी दिए ।

यता कर्जाको मामलामा भने महिनैपिच्छे आधारदर चलाउन सकिने राष्ट्र बैंकको प्रावधानअनुसार केही तलमाथि हुनसक्ने खालिङले बताए । अहिले साधारण निक्षेपमा भने ५ देखि साढे ८ प्रतिशतसम्म व्याजदर रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!