बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैँछ कारोबार ?

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाडौँ | आज सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार छापावाल सुन १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन मंगलबार १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!