मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु, टिकट मूल्य कति ?

Posted on: 13 Jun, 2023

जेठ ३०, बुटवल । नेपालको राष्ट्रिय ध्वजा बाहक एअरलाइन्स नेपाल एअरलाइन्सले मलेसिया-भैरहवा-काठमाडौंको व्यवसायिक उडान सुरु गरेको छ ।  


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हो । उक्त विमानबाट ३१  जना यात्रु भैरहवा अवतरण भएका छन् भने बाँकी यात्रु काठमाडौँ अवतरण गर्नेछन् ।

नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले  विमानस्थलमा स्वागत गरे । उक्त विमानमा अधिकांश  मलेशियामा रोजगारीबाट घर फर्केका नेपालीहरु छन् । 

अहिले मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री भईरहेको एअरलाइन्सले जानकारी दिएको छ । 

नेपाल एअरलाइन्सले सातामा १ उडान मलेसिया-भैरहवा गर्नेछ । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!