हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचांदी कारोबार?

Posted on: 15 May, 2023

जेठ १, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सयले बढेर एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा एक हजार तिन सय ७५ रुपैयाँमा स्थिर रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!