ब्याजदर अझै घट्छ : गभर्नर अधिकारी

Posted on: 12 May, 2023

वैशाख २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति लिएको भन्दै ब्याजदर घट्ने बताएका छन् । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षा पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले लचिलो नीतिका कारण ब्याजदर घट्ने बताए ।  तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८ प्रतिशतबाट घटाएर साढे ७ प्रतिशतमा झारेको छ । 

“आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएका छौँ,”अधिकारीले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!