फेरी घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 02 May, 2023

बैशाख १९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर १ लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै १ लाख आठ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज १ लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूलय तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!