बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर

Posted on: 27 Apr, 2023

वैशाख १४, काठमाडौँ | अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको ७१ करोड रूपैयाँ काटेर अन्य आयोजनालाई दिएको छ ।

बुढीगण्डकीको ७१ करोड बजेट नदी नियन्त्रणका लागि भन्दै पटकपटक गरी रकमान्तर गरिएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्यूवेल सँचाइ आयोजनाका लागि दिइएको छ ।

वृहत सरकारी सिँचाइ योजनाको सूचीमा रहेका यी आयोजनाको पुन:स्थापना तथा व्यवस्थापनका लागि बजेट रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । सरकारले खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरेर खर्च अपुग आयोजनामा हालिरहेको छ ।

करिब २ अर्ब रकम एउटा आयोजनाबाट अर्को आयोजनामा हालिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!