आज बुधवार तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 12 Apr, 2023

चैत २९, काठमाडौँ | साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधवार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!