तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैं कारोबार?

Posted on: 11 Apr, 2023

चैत २८, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको भाउ पुनः ५ सय रुपैयाँले बढ्न पुगेको छ ।

अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!