मान्छेको नाकमा दाँत पलाए पछि...

Posted on: 17 Nov, 2019

मंसिर १, एजेन्सी | मानिस संसारकै सर्वश्रेष्ठ प्राणीको रुपमा रहदै आएको छ | त्यस्तै शरीरको बनावट पनि अन्य प्राणीको भन्दा फरक नै रहेको छ |  चीनमा एकजना व्यक्तिमा यस्तो समस्या देखिएको छ | ति व्यक्तिको नाकमा दाँत पलाएको छ |

झांग बिन्सेन्ग नाम गरेका यी मानिस नाकबाट स्वास फेर्न समस्या भएपछि  जँचाउनका लागि अस्पताल गएका थिए | अस्पताल गएपछि एक्सरे गरे उनको एक्सरे देखेर डाक्टर नै अचम्मित भएका थिए  | उनको नाकभित्र दाँत पलाएको थियो |


दुर्घटनाका कारण उनको नाकभित्र दाँत पलाएको खुलेको छ | उनी १० वर्षको छँदा एउटा सपिङ मलको तेश्रो तल्लाबाट खसेका थिए उक्त दुर्घटनामा उनका दुईवटा दाँत टुटेका थिए | त्यसमध्ये एउटा दाँत बाहिर खसेको र अर्को दाँत जरैबाट उखेलिएर मुखभित्रैबाट नाकतिर छिरेको हुनसक्ने डाक्टरहरुले अनुमान गरेका छन् |

नाकमा दाँत छिरेको कुरा २० वर्षसम्म कसैलाई पनि थाहा थिएन | पछिल्लो समयमा उनको नाकमा समस्या देखिएपछि जाँच गराउँदा मात्र उनको नाकमा एक सेन्टिमिटर लामो दाँत फेला पर्यो । डाक्टरहरुले शल्यक्रिया गरी उक्त दाँत निकालिदिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!