अन्तिम संस्कार गर्दैगर्दा मृत सरिर चल्न थालेपछि डराएर भागे मलामी

Posted on: 14 Oct, 2019

असोज २७, एजेन्सी | अन्तिम संस्कारको क्रममा शवलाई चितामा राखेर सतगतको तयारी हुँदैगर्दा मृत भनिएको सरिर चलन थालेपछि मलामीहरु डरले भागेको समाचार भारतीय संचार माध्यमहरुले प्राथमिकताका साथ छापेका छन् । सतगतको क्रममा एक्कासी चितामाथि राखिएका व्यक्तिले टाउको हल्लाएपछि मलामी गएकाहरुको कोकोहोलो मच्चिएको हो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय संचारमाध्यम आजतकमा खबर छ ।

भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दैगर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । ‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले । हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृत होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने ।

डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृत घोषणा गरिसकेपछि अथवा शवको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने ।

प्रहरीका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि  परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए । त्यसैको आधारमा उनि मरेको भन्ने बुझेर गाउँलेले अन्तिम संस्कारको लागि लागेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!