सरकारको कमजोरीको फाइदा लुट्दै निजी प्रयोगशाला, पीसिआर शुल्कमा मनपरी

Posted on: 27 Sep, 2020

असोज ११, काठमाडौँ | सरकारले निजी प्रयोगशालाको मनपरी रोक्न नसक्दा नीजी प्रयोगशालाहरुले करोडौंको फाइदा उठाएका छन् । सरकारले कोरोना परिक्षण शुल्क घटाएको भएपनि दुईसातादेखि सरकारलाईनै अटेर गर्दै निजि प्रयोगशालाले पिसिआरको शुल्कका मनपरी शुल्क उठाईरहेका छन् । निजी प्रयोगशालाहरुले सरकारको भदौ २८ मा तोकिएको २ हजार शुल्कमा कोरोना परीक्षण हुने निर्णयलाई मानेका छैनन् । उनीहरुले सरकारी प्रयोगशालामा भन्दा दोब्बर मूल्य भन्दा बढीमा परीक्षण गराईरहेका छन् ।  

काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले सरकारको शुल्क घटाउने निर्णयपछि पिसिआर गरेर करोडौं अशुली गरेका छन् । पछिल्लो १३ दिनमा १७ हजार ६ सय ३६ परीक्षण गर्दा ३ करोड भन्दा बढीको अबैध अशुली भएको छ । निजिले सरकारको नीति नमान्दा सरकारी निकाय भने मुकदर्शक भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार र शुक्रबार यस सम्बन्धि अनुगमन समेत गरेको छ, जसमा निजी प्रयोगशालाले आन्तरिक निर्णयबाट शुल्क निर्धारण गरी मनपरी शुल्क लिने गरेको पाइएको छ । सरकारी निर्णयलाई नेपाल कोरोना मैत्री नगरपालिका अस्पताल, केएमसी र बिध ल्याबबाहेक अन्य आठ स्वास्थ्यसंस्थाले सरकारको निर्णयलाई मानेका छैनन् । उनिहरुले सरकारको निर्णय अनुसार पिसिआर परीक्षण गर्न नसक्ने भन्दै अटेरी गरिरहेका छन् । बिभिन्न बहानाबाजी गर्दै उनिहरुले कोरोना परीक्षणमा मनपरी शुल्क लिईरहेका छन् । दुई हजारमा परीक्षण गर्न नसक्ने भन्दै मन्त्रीलाईनै ज्ञापनपत्र बुझाएको बहानामा उनिहरुले सरकारी निर्णयलाई लत्याईरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!