असोज २, काठमाडौँ | सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर खरिद गरेको हेलिकप्टर काठमाडौंमा आइपुगेको छ | सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर बिहिबार काठमाडौंमा आइपुगेको हो |
१ अर्ब ४० करोड खर्च गरेर इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाले सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ |
दर्ता नम्बर ‘नाइएन-पिएमए’ हुने बताइएको छ |
नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ | आठ सिट हुने यो हेलिकप्टरमा भिभिआइपी प्रायोजनका लागि सिट घटाउन सकिने जनाइएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!